Sun. Apr 28th, 2024

यस अघि पनि प्रदर्शन मिति तोकेर विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको चलचित्र जोश र नायक सुबास मेचले निर्माण गरेको एक्शन चलचित्र किल्ला आजबाट अलनेपाल रिलिजमा आएका छन् । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।

killa

कलाकार प्रिया रिजालले यो चलचित्रको एक गीतमा आइटम नृत्य गरेकी छिन् । चलचित्रले भ्रष्टाचार, राजनीति, राष्ट्रियता लगायतको बिषयलाई उठान गरेको देखिन्छ । चलचित्रमा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य छ । चलचित्रमा एक्सनलाई महत्व दिइएको निर्माणपक्षले जनाएको छ । त्यस्तैं आजबाट अलनेपालमा आएको चलचित्र जोशलाई ऋषि न्यौपानेले निर्देशन गरेको हुन् । चलचित्र ‘जोश’मा सुशिल क्षेत्री, जेनिसा केसी र बीरेन डीसीको मुख्य भूमिका छ । पंकज खड्काले निर्माण गरेको यो सिनेमा पुरानै धारको सिनेमा हो ।

%d bloggers like this: