Thu. Mar 28th, 2024

सस्पेन्स थ्रिलर भनिएको चलचित्र जंगबहादुरको कोटको अष्ट्रेलीयाको मेलवर्नमा प्रिमियर गरिएको छ । मार्च १२ अर्थात बिहिबार चलचित्रको भब्य प्रिमियर गरिएको निर्माणपक्षले जानकारी दिएको छ । मेलवर्नको भिलेज सिनेमा क्राउनमा सम्पन्न भएको सोमा नेपाली भाषी तथा अष्ट्रेलीयाका चलचित्रकर्मीको पनि सहभागीता रहेको बताइएको छ । चलचित्र हेरेपछि उपस्थित सबैले चलचित्रको सबै पक्ष उत्कृष्ट रहेको भन्दैं कलाकार,निर्देशकको तारिफ गरेका थिए ।

jan

प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएपछि अब चलचित्रको नेपालमा चाडैंनै प्रदर्शन मिति सार्वजनिक गरिने आशिष भेटवालले जानकारी दिए । यस चलचित्रमा चलचित्रमा विमलेश र सुचित्राका अलावा अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा जंगबहादुर राणाको कोटको बिषयलाई देखाइएको छ भने चलचित्रमा जंगबहादुरको जीवनी भने नउठाइएको निर्देशक आशिष भेटवाल जानकारी दिएका छन् । चाडैं नै प्रदर्शनमा ल्याउन लागीएको चलचित्रलाई जयन खड्काले लगानी गरेका छन् ।

%d bloggers like this: