Sat. Apr 20th, 2024

बलिउड अभिनेता आमिर खानले उनको पछिल्लो फिल्म पीकेले कसैको धार्मिक भावनामा चोट पुर्याउने उद्धेश्यले निर्माण नगरिएको बताएका छन्। उनले फिल्मले कसैको आस्थामा चोट पुगेको भए माफि चाहेको पनि बताएका छन्। बुधबार फिल्मको डिभिडी सार्वजनिक कार्यक्रममा आमिरले यस्तो बताएका हुन्। ुमेरो त्यस्तो कुनै आशय थिएन कि म ती मानिसहरुको भावनामा ठेस पुर्याउँ । यसका लागि म माफी माग्न चाहन्छुु, आमिरले भने ।
pk
आमिरले आगामी दिनमा आफूले मानिसहरुको भावनालाई ख्याल गरेर काम गर्ने बताए । भगवानको नाममा भैरहेको ठगीको बिषयमा ‘पीके’ फिल्म बनेको थियो । धार्मिक आस्थामा ठेस पुर्याएको भन्दै धर्ममा आस्तिकहरूले बिरोध गरेका थिए । बलिउडमा सर्वाधिक कमाइको रेकर्ड बनाएको फिल्म पिकेले धेरै विवादपनि झेल्नु परेको थियो। रामदेव लगायतका धार्मिक गुरुले फिल्मले आफ्नो धार्मिक आस्थामा चोट पुर्याएको बताएका थिए।

%d bloggers like this: