Wed. Apr 24th, 2024

नेपाली चलचित्र सम्बन्धी समाचारहरु साप्ताहिक रुपमा प्रकाशन गदैं आएको फिल्मीखबर साप्ताहिक छैठौंवर्षमा प्रवेश गरेको छ । छैठौंवर्ष प्रवेश गरेको अवसर परेर बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ घोषणा गरेको छ । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल सौगात बिष्ट र नायिका प्रियंका कार्कीलाई ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ घोषणा गदैं सम्मान दियएको थियो । कार्यक्रममा बोल्दैं फिल्मी खवरका सम्पादक शान्ति प्रियले विश्व माझ नेपाली चलचित्रलाई चिनाउदैं ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लगाउन सफल सौगात र बेला बखतमा चर्चा र विवाद सगैं ०७१ सालमा नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र धेरै प्रदर्शनमा आएका कारण फिल्मी खबरले सौगात र प्रियंका कार्कीलाई सम्मान गरेको जानकारी दिए ।

sss

सम्मान पाएपछि कार्यक्रममा बोल्दैं नायिका प्रियंका कार्कीले आफुलाई यस सम्मानको लायक सम्झेको धन्यवाद व्यक्त गरिन । छोटो समयमा दर्शकले आफुलाई धेरै माया दिएका कारण अझ दर्शकको माया पाउदैं जाने पनि कार्यक्रममा प्रियंकाले खुलाएकी छिन् । त्यस्तैं सम्मानपछि कार्यक्रममा बोल्दैं साौगात विष्टले सम्मान दिएकोमा सबै टिमलाई धन्यवाद व्यक्त गरे । पत्रिकाका प्रकाशक प्रदिप उदय र विभिन्न संघसंस्थाका अध्यक्षहरुले पत्रिका सफलताको शुभकामना दिएका थिए । फिल्मी खवरको छैटौं वर्षिक उत्सवमा वर्ष व्यक्तिलाई सम्मान गर्दै पत्रिकाले आफ्ना कर्मचारी, सहयोगी तथा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । साताको प्रत्यक बिहिबार प्रकाशन हुदैं आएको फिल्मी खबर साप्ताहिक नेपाली फिल्मी पत्रिकाहरु मध्यकै सर्वाधिक लोकप्रिय प्रत्रिकाको रुपमा परिचित छ ।

%d bloggers like this: