Tue. Apr 23rd, 2024

म्युजिक भिडियोमा खासै नदेखिने तर चलचित्रमा सफल नायिकाको रुपमा स्थापित भएकी नायिका गरिमा पन्तले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको ‘स्माइल’ एल्बममा समावेश ‘के भो आज भोली’ नामक बोलको म्युजिक भिडियोमा गरिमा पन्त लामो समयपछि देखिएकी हुन । स्मिता घिमिरे र जोहेब मानन्धरको आवाजमा सजिएको गीतमा गायक जोहेबकै शब्द र संगीत रहेको छ ।

garima-panta

भिडियोमा विदुर पाण्डेको छायांकन, प्रकाश तुलाधरको सम्पादन रहेको छ । गीतका भावहरु दर्शक,स्रोतले सम्झने खाल्को भएका कारण सार्वजनिक भिडियोले सबैको मन जित्ने निर्देशक पौडेलले दाबी गरे । सार्वजनिक भिडियोमा गरिमा चलचित्रकी नायिकाको रुपमा देखिएकी छिन् भने उनको साथमा मोडल श्रृजल पनि देखिएका छन् ।

%d bloggers like this: