Fri. Apr 26th, 2024

यसै बर्ष प्रदर्शनमा आएको फिल्म ‘आवरण’ मार्फत गायिका समेत बनेकी नायिका प्रियंका कार्कीले अब एल्बम निकाल्ने भएकी छिन । केहि महिना अघि एल्बम निकाल्ने खबर बाहिरिएता पनि यसको तयारि गर्न उनले भ्याएकी थिइनन् । ‘फिल्म , एड र स्टेज शो को कामले गर्दा व्यस्त थिए अब टाइम निकालेर भएता पनि छिटै नै गीतको म्युजिक भिडियो बजारमा ल्याउने छु’ प्रियंकाले सुनाइन । उनले एल्बम निकाल्ने बताएता पनि यस सम्बन्धि गतिविधि अगाडी नबढेका कारण धेरैले उनलाई विश्वास गरेका थिएनन् । तर केहि दिन अगाडी मात्र राजधानी स्थित रेन्ज स्टुडियोमा आफ्नो पहिलो गीत ‘स्वतन्त्र’ मा स्वर भरेकी छिन् । ‘आवरण’ फिल्मले सफलता नपाएता पनि यमबुद्धसंग मिलेर गाएको उनको ‘छोपिएको सत्य’ बोलको गीतलाई धेरैले रुचाए ।

prinka

हाल सम्म नाम नजुराइएको यस एल्बममा ८ वटा गीत रहनेछ । यसमा शब्द र संगीत शैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको रहनेछ । प्रियंका भन्छिन ‘आफुसंग भएका हरेक इक्षा पुरा गर्नु पर्छ तर मेहनत र इमान्दारीताक साथ् ।’ प्रियंकाको स्वर रहेको एल्बम अडियो मात्र बजारमा न आउने भएको छ । ‘अडियो मात्र बजारमा ल्याउदीन अब बिस्तारै भिडियो पनि ८ वटै गीतको बनाएपछी भिडियो एल्बम ल्याउछु’ प्रियंकाले एल्बम योजना सुनाइन । पछिल्लो समय फिल्ममा व्यस्त रहेकी प्रियंकालाई गयानले कतिको सफल बनाउने हो यो त् भविष्यले नै बताउनेछ । प्रियंकाले कोरियोग्राफी पनि गरेकी छिन । उनले मेरो बेस्ट फ्रेन्ड्स, पुन्टे परेड , मिसन पैसा २ लगायतका फिल्मसंगै कयौ म्युजिक भिडियोमा पनि कोरियोग्राफी गरिसकेकी छिन । प्रियंका अभिनित नाई नभन्नु ल ३, हाउ फन्नी र वडा नम्बर ६ प्रदर्शन पुर्व चर्चामा छ ।

%d bloggers like this: