Fri. Apr 26th, 2024

कमेडी जनराको फिल्म ‘अधकट्टी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । ०७२ को जेठ ८ गतेबाट अब चलचित्र  ‘अधकट्टी’ अलनेपाल रिलिज हुने चलचित्रका निर्माता प्रदीपकुमार उदयले जानकारी दिए । तपाईहरुलाई याद रहोस कि निर्माता प्रदीपकुमार उदयले आफ्नो जन्मदिनको उपलक्ष्यमा चलचित्र प्रदर्शन गर्न लागेका हुन् । फिल्म ‘अधकट्टी’ को आउँदो सातादेखि प्रचार प्रसार व्यापक तरिकाले अगाडी बढाउने निर्माता प्रदीपकुमार उदयले बताए । फिल्म ‘अधकट्टी’ को फागुन १ गतेको प्रदर्शन मिति केही साता अघि आएर मात्रै गोलाप्रथा विधिबाट सारिएको थियो ।

गोला प्रथामा राजकुमार राईको ‘वन वे’ फिल्मले प्रदर्शन गर्ने मौका पाएको थियो भने  ‘अधकट्टी’ले आफ्नो प्रदर्शन मिति पर सारेको थियो । फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ। फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ। फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ। सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र सुरेन बसेलको नृत्य छ।

%d bloggers like this: