Thu. Mar 28th, 2024

चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र चलचित्र ‘षडङ्ग’को ३० सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । सार्वजनि टिजरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सौगात मल्ल,अनुप बराल , सौरम राज तुलाधर लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक टिजरमा देखिएका कलाकारहरुको मुख्य भुमिका रहेको यस चलचित्रलाई ग्याङस्टार थ्रिलर बिषयमा तयार पारिएको बताइएको छ ।
sadanga-3
चलचित्र ‘षडङ्ग’लाई सुरज सुनवारले लेखन तथा निर्देशन र समिर सुनवारले निर्माण  गरेका हुन् । चलचित्रमा सौगातलाई नयाँ शैलीले बोलेको साथै प्रियंकालाई बोल्ड भूमिकामा देख्न सकिने कुरा बताइएको छ ।

%d bloggers like this: