Sat. Apr 27th, 2024

गएको शुक्रबार अर्थात फागसन २२ गतेबाट दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र पुनर्जन्मले यति बेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनमा आएका प्राय सबै हलहरु शुक्रबार देखी हाउसफुल भएको खुसीयालीमा चलचित्रको एक टिमले चितवनमा पत्रकार सम्मेलन गदैं दर्शकहरुलाई धन्यवाद व्यक्त गरे । पत्रकार सम्मेलनमा उपस्थित भएका चलचित्रका नायक गजित विष्ट,निर्माता मोहनकृष्ण श्रेष्ठ,नायिका सुस्मिता शाहीले चलचित्रलाई दर्शकले उत्साहजनक साथ दिएकोमा धन्यवाद दिदैं यसरीनै अगामी दिनहरुमा पनि साथ दिन आग्रह गरे ।

Punarjanma-chitwan

दर्शकसँगै खुशी साट्न भन्दै उक्त टोली हेटौडा, चितवन बुट्वल हुदै पोखरासम्म पुग्नेछ । टोलीमा गजित र मोहन सँगै नायिका सुस्मिता शाही पनि छिन । चलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् । एम के इन्टरटेन्टमेन्टको प्रस्तुती रहेकोचलचित्र ‘पुनर्जन्म’लाई मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले मिलेर निर्माण गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल , गजित विष्ट, सुस्मिता शाही , केकी अधिकारी,मिथिला शर्मा ,विजय लामा ,लक्ष्मी गिरि ,सुरबीर पण्डित लगायतको अभिनय रहेको छ । चलचित्रमा द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको छ ।चलचित्रमा अष्ट महर्जनको द्धन्द,शिव ढकाल र नवराज थापाको छायांकन, सजन श्रेष्ठको सम्पादन तथा सुदर्शन श्रेष्ठको कथा रहेको छ ।

%d bloggers like this: