Fri. Apr 26th, 2024

शिव घिमिरेद्धारा निर्देशित चलचित्र ‘साइकल’को ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक राजेशपायल राईको आवाज र अभिनय देख्न सकिन्छ । गीतमा राजेन्द्रको संगीत र प्रकाश बज्राचार्यको रचना छ । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’मा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठले अभिनय गरेका छन् भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई विशेष भूमिका प्रस्तुत छन् ।

Rajesh-Cycle

फिल्ममा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहमताबिचको द्वन्द्वात्मक कथा प्रस्तुत गरिएको छ । टप इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापा पनि निर्माता रहेका छन् भने धनुका राई ‘धरा’ सह निर्माता छिन् । फिल्ममा लेखन निर्देशक घिमिरेकै रहेको छ प्रकाश बज्राचार्य, शंकर अधिकारी घायलको गीत, निर्माता राजेन्द्र श्रेष्ठको संगीत, कविराज गहतराजको नृत्य, प्रदिप खड्काको द्वन्द्व, नविन निरौलाको सम्पादन र निरज कँडेलको छायांकन रहेको छ ।

%d bloggers like this: