Fri. Apr 26th, 2024

नायिका प्रियंका कार्कीले बलिउड नायक शाहरुख खान प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दी गीतमा नाच्नु आफ्नो बाध्यता भएको बताएकी छिन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले कार्यक्रमको सम्पूर्ण तयारी भारतमै भएको र सबै सेटिङ उतैबाटै आएकाले आफूले नेपाली गीतमा नृत्य गर्न नसकेको जनाएकी छिन् । कान्साई न्यारोल्याक पेन्ट्सलेआयोजना गरेको कार्यक्रममा प्रियंकाले शाहरुख खानका लागी भन्दैं हिन्दी गीतमा नृत्य गरेकी थिइन ।

priyanka

साहरुख खानले अभिनय गरेको ह्यापी न्यु इयरको लभ्ली, डनको आजकि रात, चेन्नई एक्सप्रेसको लुंगी डान्स, शक्तिको इश्क कमिना, बिल्लु बार्बरको मर्जानी मर्जानी लगायतका गीतमा प्रियंका कार्कीले नृत्य प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा शाहरुख खानको अगाडी नेपाली गीतमा नृत्य गर्न मन हुदाँ हुदैं पनि भारतीय गीतमा नृत्य गर्नु परेको बताएकी छिन् । प्रियंका कार्कीले अगाडी भनेकी छिन् ,’म सँग नृत्य गर्ने पुरै कलाकारहरु भारतका थिए त्यसैले मैले पनि भारतीय गीतमा नै नृत्य गर्नु पर्यो’, तर आफुलाई शाहरुख माझ नेपाली गीत प्रस्तुत गर्न निकै मन लागेको बताएकी छिन् । कार्यक्रममा शाहरुख खानले समेत भारतीय गीतमा केहि बेर नृत्य गरेका थिए ।

%d bloggers like this: