Wed. Apr 24th, 2024

चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र नाइँ नभन्नु ल ३ को अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक ‘नाईं नभन्नू ल ३’ को पोस्टरमा चार जोडीलाई देख्न सकिन्छ । ‘नाईं नभन्नू ल ३’ को अफिसियल पोस्टरमा आर्यन सिग्देल र प्रियंका कार्की, सुरजसिंह ठकुरी र संचिता लुईंटेल, संयम पुरी र आश्मा डिसी तथा बाल कलाकार अनुभव रेग्मी र सफला भट्टराईको जोडी अंकित छन् ।

nai-nannula-la-3-banner

मुस्कान आचार्यले निर्देशन गरेको यस चलचित्रलाई विकास आचार्यले निर्माण गरेका हुन । यसभन्दा अघिका ‘नाइँ नभन्नु ल’,‘नाइँ नभन्नु ल २’ विकास आचार्यले नै निर्देशन गरेका थिए । चलचित्रको सार्वजनिक पोष्टमा देखिएका जोडीहरुनै चलचित्रका मुख्य पात्र हुन । चैत २७ गते यस चलचित्रसँग छबिराज ओझाले निर्माण गरेको चलचित्र हवल्दार सुन्तली र निर शाह निर्देशित चलचित्र सेतो बाघ प्रदर्शनको तयारीमा रहेका छन् । ‘नाइँ नभन्नु ल’को पहिलो र दोस्रो भाग सफल भएका कारण ‘नाइँ नभन्नु ल ३’ पनि सफल हुने नव निर्देशक मुस्कान आचार्यले दाबी गरे ।

%d bloggers like this: