Fri. Apr 26th, 2024

नेपाली चलचित्रमा खासै राम्रो छबि बनाउन नसकेकी नायिका सुमिना घिमिरेले हिजो सोमबार काभ्रे घर भएका प्रेमी रोशन सापकोटासँग बिबाह गरेकी छिन् । पेशाले पाइलट रोशन र सुमिनाको केहि महिना अगाडी एक म्युजिक भिडियोको छायांकनको क्रममा भेट भएको थियो । त्यहि बेला देखि नजिक भएका उनीहरु अन्तत बिबाह बन्धनमा बाधिने निर्माणमा पुगेका थिए ।

sumina 1

केहि समय अगाडी मात्र नेपाली सञ्चारमाध्यममा उनीहरुको प्रेमसम्बन्धका विषयमा खबरहरु बाहिर आएका थिए तर बिबाहको विषयमा भने कुनै पनि खबरहरु बाहिर आएका थिएनन् त्यहि क्रममा नायिका सुमिना घिमिरेले काठमाडौंको एक पार्टी प्यालेसमा रोशनसँग सुटुक्क बिबाह बन्धनमा बाधिएकी हुन् । न्यून चलचित्रकर्मी,पत्रकारको उपस्थिति रहेको सुमिनाको बिबाहमा नायक मुकेश आचार्य लगायतका केहि कलाकारहरु मात्र देखिएका थिए । केहि समय अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र रंग बैजनीको प्रचार प्रसारदेखी आफ्नो मोवाइल अफ गरेर सम्पर्क बिहिन भएकी सुमिना लामो समय पछि एकैचोटी बिबाहको मन्डपमा भेटिएकी थिइन ।

sumina 2

उनी अभिनित चलचित्र भिमदत्त हाल प्रदर्शनरत छ भने अर्को चलचित्र माला प्रदर्शनको तयारीमा रहेको छ । पेशाले पाईलट रहेका रोशन अहिले भने एउटा एल्बमको तयारिमा छन् । आफ्नै एकल शब्द र संगीत रहेको एल्बमको नाम रोशनले ‘अँधेरी औशीको रातमा’ राखिएको बुझिएको छ। केहि महिना अगाडी मात्र नायिका सुमिना घिमिरेले चलचित्र नखेल्ने उद्घोष समेत गरेकी थिइन् ।

फोटो : उत्सव 

%d bloggers like this: