Fri. Mar 29th, 2024

चैतको अन्तिम साताबाट छायांकन सुरु हुने भनिएको चलचित्र ‘ब्रासलेट’ को टिम यति बेला उपत्यका बाहिर छायांकन स्थलको खोजीमा निस्किएको छ । निर्माता तथा कलाकार केशव भट्टराई,निर्मल शर्मा गैँडा,कलाकार कमल मैनाली र छायाँकार सुदीप बराल चलचित्रको छायांकन स्थल खोजीका लागी राजधानी बाहिर निस्किएका छन् । यो टिम छायांकन स्थलका लागी पोखरा हानिएको छ । निर्माता तथा कलाकार केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘ब्रासलेट’ निर्मल शर्मा गैँडाले निर्देशन गर्न लागेका हुन् ।

brslet

पोखराबाट फर्किए लगत्तै चलचित्रको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरेको निर्माणपक्ष केहि दिन भित्रमा नै काठमाडौं फर्किने बताएको छ । नम्रता सापकोटा र रजनी केसीको मुख्य भुमिका रहने चलचित्रमा अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक तथा कलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए । जया ओझाको कथा रहेको चलचित्रमा दिपक शर्मा र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । जसमा लोकगायक पशुपति शर्माले पहिलो पटक चलचित्रका लागी स्वर भरेका छन् ।

%d bloggers like this: