Thu. Apr 18th, 2024

बलिउडमा किंग खान भनेर कहलिएका बलिउडका सुपरस्टार शाहरुख खानले अब अर्को पटक नेपाल आउँदा सपरिवार सहित आउने बताएका छन् । सोमबार दिउँसो ४ बजे आफ्नो निजी विमान मार्फत नेपाल उत्रिएका शाहरुख खानले करिब ५ बजे तिर आयोजक संस्था नेरोल्याक पेन्टसले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दैं अभिनेता शाहरुख खानले आफूलाई नेपाल असाध्यै मनपर्ने बताएका छन्।

sharukh-khan-2

निजी विमानमा काठमाडौं आएलगत्तै होटल हायतमा आयोजित पत्रकार सम्मेलनमा खानले भने, ‘नेपाल मलाई असाध्यै मन पर्छ। नेपालीको मलाई माया लाग्छ।

shahrukh-in-nepal-12

होटल हायातमा खानले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू-क्यान’ उद्घाटन गरे। पेजको उद्घाटन गर्दै खानले नेरोल्याकका पेन्ट क्यानहरुलाई सुन्दर गमलाका रूपमा परिवर्तन गर्न उत्कृष्ट पाँच गमलालाई पुरस्कृत गरिने पनि बताए। दोस्रो पटक नेपाल आएका खानले ह्ययात होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू १६ वर्ष अघि नेपाल आएको बताए ।

shahrukh-in-nepal-1

उनले नेपालमा पाएको मायाले आफू अत्यन्त उत्साही भएको बताए। उनले भने, ‘यस्तो राम्रो देशमा आउन यत्रो ग्याप भयो अब परिवार सहित छिट्टै आउने छु ।’ कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड राजदूतका रुपमा बजार प्रबद्र्धनका लागि आएका खानले पेन्ट्सको विज्ञापनमै बढी समय खर्च गरेका थिए ।

shahrukh-in-nepal-4

कार्यक्रममा उनले भने, “सुन्दर देश नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पुर्याउन म यहाँ आएको हुँ ।” शाहरुख खान आउने थाहा पाएपछि उनको एक झल्को पाउने उनका समर्थकहरु ३ बजे देखी नै विमानस्थल पुगेका थिए। हायात बाहिर पनि उनका समर्थकहरू उल्लेख्य मात्रामा उपस्थित थिए।

saharuk khan 1

%d bloggers like this: