Wed. May 1st, 2024

सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेटको १ मिनेट ३४ सेकेण्ड लामो प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा चलचित्रका प्राय सबै कलाकारहरु देखिएका छन् । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

chocolet2

निर्मल शर्मा ‘गैँडा’ले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।

%d bloggers like this: