Thu. Apr 25th, 2024

बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन् । तीन बजेर ३७ मिनेट जाँदा ल्याण्ड भएका शाहरुख खान ठीक चार बजे एयरपोर्टबाट होटल हायत तर्फ लागेका थिए ।

saharuk

एयरपोर्टमा शाहरुख खालाई हेर्न सयौंको संख्यामा फ्यानहरुको भिड रहेको थियो । न्यारोल्यक पेन्टस्‌ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन्। शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ।

saharuk2

करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुनः मुम्बई फर्कने कार्यक्रम छ। निकै उच्च कोटीका सुरक्षा का साथ नेपाल प्रहरी र आर्मीका केही जवानले शाहरुखको स्कटिङ गरेका छन् ।

%d bloggers like this: