Thu. Apr 25th, 2024

एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा नजिक भएका नायिका सुमिना घिमिरे र पेशाले पाइलट रोशन सापकोटाले आज काठमाडौंको एक पार्टी प्यालेसमा औपचारिक रुपमानै बिबाह गरेका छन् । केहि समय अगाडी मात्र सुमिना र रोशन बिचको प्रेमसम्बन्धका विषयमा समाचारहरु बाहिर आएको थियो तर बिबाह कहिले गर्ने भन्ने खबर बाहिर आएको थिएन त्यहि क्रममा आज उनीहरुले लामो समय देखीको प्रेमसम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेका छन् ।

sumina

नेपाली चलचित्रक्षेत्रमा करिब आधा दर्जन फिल्महरुमा अभिनय गरेकी सुमिना घिमिरे खासै सफल नायिका भने होइनन् उनले अभिनय गरेका प्राय चलचित्र फ्ल्प नै छन् । चलचित्रकर्मी र मिडियालाई खबर नगरी बिबाह गरेकी सुमिना अब काभ्रेली भएकी छिन् किनकी रोशनको घर काभ्रेमा रहेको छ । ‘छविलाल कन्जुस छैन’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेकी सुमिना घिमिरेले अभिनय गरेको चलचित्र ‘भिमदत्त’ हाल प्रदर्शनरत छ भने उनी अभिनित अन्तिम चलचित्र ‘माला’ प्रदर्शनको तयारीमा रहेको छ ।

%d bloggers like this: