Fri. Apr 19th, 2024

नारी दिवसको अवसर पारेर गायिका देविका बन्दनाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेका शब्द सृजनामा राजु सिहंले संगीत भरेको ‘हिउँमा छर्केको’ बोलको गीत ‘मन चंगा भो’ एल्बममा समावेश छ । बिजेश पौडेलले निर्देशन गरेको भिडियोमा करीना भट्टराईले अभिनय गरेकी छिन् ।  प्रमोद कार्कीले छायांकन तथा भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई मन्त्र दिब्या इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

fCIISUn

म्युजिक भिडियो सार्वजनिक गरेपछि कार्यक्रममा बोल्दैं गायिका गायिका देविका बन्दनाले राष्ट्रकवि जस्ता व्यक्तिले लेख्नुभएको शब्दमा आफ्नो स्वर मिसाउन पाउनु आफ्नो सबै भन्दा ठुलो उपलब्धी रहेको बताइन । केहिले पनि सोचेको थिइन राष्ट्रकवि जस्तो व्यक्तिले लेख्नुभएको शब्दमा आफ्नो आवाज मिसाउन पाउछु भन्ने गायिका बन्धनाले अगाडी भनिन् गीतले जो कोहिलाई पनि सजिलैं बहकाउन सक्छ । त्यस्तैं सार्वजनिक गीतका संगीतकार राजु सिहंले देविका बन्धना जस्तो बहुप्रतिभाशिल गायिका र राष्ट्रकवि जस्तो व्यक्तिले लेख्नुभएको शब्दमा आफ्नो संगीत मिसाउन पाउँदा निकै नै खुसी भएको बताए । गीतका भावहरुलाई दर्शक,स्रोताले सजिलैं बुझ्ने बताउदैं संगीतकार सिंहले भने  ‘हिउँमा छर्केको’ बोलको गीत बषौं बर्षसम्म पनि जिवित हुने दाबी गरे ।

%d bloggers like this: