Wed. Apr 24th, 2024

चिरायु फिल्मस्को ब्यानरमा निर्माण हुँदै गरेको चलचित्र ‘एक्सन’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । अब चलचित्रको सम्पादन कार्य सुरु हुने निर्देशक राजु अर्यालले जानकारी दिए । दीपेन्द्र कोइराला र शर्मिला गुरुङको निर्माणमा तयार भइरहेको चलचित्रमा शिव श्रेष्ठले खलपात्रको रूपमा अभिनय गरेका छन्। एक्सन हिरोको रुपमा आफ्नो छबि बनाएका शिव श्रेष्ठ लामो समयपछि पुन चलचित्रको पर्दामा देखिन लागेका हुन् ।

action

चलचित्रमा शिवले भ्रष्टाचारी नेताको रूपमा अभिनय गरेका छन्। चलचित्र एक्सनमा शिव श्रेष्ठ सगैं प्रमोद दीप, जेनिसा केसी, शर्मिला गुरुङ, कसम गुरुङ,विक्रान्त तिवारी, दिनेश घिमिरेको पनि मुख्य भुमिका रहने छ । राजु अर्यालको निर्देशन रहेको छ भने प्रल्हाद बोगटीको संगीत, कुमार महर्जनको द्वन्द्व रहेको छ । चलचित्रले एक्सन, रोमान्स जस्ता पाटोलाई समेट्ने निर्माणपक्षले बताएको छ । चलचित्रमा देशको बिग्रँदो राजनीतिक अवस्था तथा बढ्दो भ्रष्टाचारलाई चित्रण गरिएको छ।

%d bloggers like this: