Tue. Apr 23rd, 2024

अमेरिकाको अस्ट्रिममामा हिजो चलचित्र भूल भूलैयाको भब्य रुपमा प्रिमियर शो सम्पन्न भएको छ । नेपालबाट चलचित्र हेर्न भूल भूलैयाका नायक जीवन लुइँटेल,हिम्मतवालीका हिरो सुदर्शन गौतम लगायत उपस्थित भएका थिए । चलचित्र हेरेपनि उपस्थित दर्शकहरुले चलचित्रलाई निकै मन पराएका नायक जीवन लुइँटेलले जानकारी दिएका छन् ।

bhul

चलचित्र हेरेपछि हामीसँग संक्षिप्त कुराकानी गदैं हिम्मतवालीका नायक सुदर्शन गौतमलले चलचित्र भूल भूलैया राम्रो चलचित्र रहेको जानकारी दिए । केहि दिन अगाडी मात्र सार्वजनिक भएको ट्रेलर हेरेपछि अमेरिकामा रहेका नेपालीहरुलाई चलचित्र हेर्न चाहेका थिए र सोहि अनुरुप अमेरिकामा रहेका निर्माता सुशिल कार्कीको आयोजनामा मार्च ८ तारिकका दिन अमेरिकाको अस्ट्रिममा चलचित्रको प्रिमियर शोको आयोजना गरिएको थियो ।

bhul 4

योगेश घिमिरे निर्माता निर्देशक रहेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् । चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डिजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ ।

%d bloggers like this: