Wed. Apr 24th, 2024

बलिउडका किंग खानको नामले परिचित बलिउडस्टार शाहरुख खान आज दिउँसो ३ बजे आफ्नैं निजी विमानबाट नेपाल आउने कार्यक्रम भएता पनि उनी अब भोली मात्र नेपाल आउने भएका छन् । शाहरुख हिजै काठमाण्डौं आउने कार्यक्रम थियो । तर, त्रिभुवन बिमानस्थल बन्द रहेका कारण उनी आज अपरान्ह मात्र नेपाल आउने कार्यक्रम रहेकोमा उनको विमानका लागी त्रिभुवन विमानूथलले अनुमती नदिएपछि शाहरुख खान भोली मात्र नेपाल आउने छन् । त्रिभुवन विमानस्थलले सोमबारका लागी मात्र शाहरुख खानको विमानलाई अवतरणको अनुमती दिएको छ ।

saharuk

अब शाहरुख खान सोमबार ३ बजे निजी विमानमा काठमाडौ आउने छन् । शाहरुखको सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको छ । काठमाडौ आएपछि उनी पत्रकार सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि हायात होटलमा आयोजना हुने कान्साई न्यारोल्याक पेन्ट्सको भिआईपी कार्यक्रममा सहभागी हुने भएका छन् । कार्यक्रममा नेपाली नायिका प्रियंका कार्की र बिग आईकनका पाँचौ संस्करणका विजेता कुन्साङ गुरुङको प्रस्तुति रहने भएको छ । खबरका अनुसार अब शाहरुख मंगलबार विहाननै आफ्नो विमान मार्फत भरत फर्किनेछन् ।

%d bloggers like this: