Sat. Apr 20th, 2024

निर्माणको क्रममा रहेको नेपाली फिल्म ‘कालो पोथी’ले फ्रान्सेली संस्था ‘सिएनसी’बाट १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग पाएको छ। मीनबहादुर भामद्वारा निर्देशित फिल्मको अहिले प्रारम्भिक सम्पादन कार्य सकिएको छ। सेन्टर नेसनल दु सिनेमा (सिएनसी)को आर्थिक सहयोग पाएपछि मीनबहादुर फिल्मको पोस्ट प्रोडक्सनका लागि केही दिनमै दुई हप्ताका लागि फ्रान्स जाँदैछन्। अहिलेसम्म दुई करोड १४ लाख रुपैयाँ जम्मा भइसकेको ‘कालो पोथी’को अन्तिम बजेट दुई करोड ८५ लाख रुपैयाँको बनाइएको निर्देशक मीनले जनाए।

kalo pothi

‘बाँकी पैसा पनि हामी खोज्दैछौं, पोस्ट प्रोडक्सन खर्च शीर्षकमा निवेदन हाल्दैछौं’,मीनले भने,स्त्र्किप्टको भरमा तीनवटा पुरस्कार जितियो अब चाहिँ रफ कट पठाउनेछौं। त्यहाँ काम सिद्धाएपछि फिल्मलाई विभिन्न फेस्टिभलमा पठाउने उनको योजना छ। ‘कालो पोथी’को सुटिङ मुगुमा १९ र काठमाडौंमा एक दिन गरिएको थियो। द्वन्द्वकालमा दुई बालकले भोगेका सामाजिक पीडामा आधारित कथा फिल्मले उठाएको निर्देशक तथा लेखक मीन बताउँछन्। ५ सय गाउँले र ४ सय याकको बथानसहितको दृश्य पनि फिल्ममा खिचिएको छ।

%d bloggers like this: