Thu. Apr 25th, 2024

कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् । मरिनामा नायक आर्यन सिग्देल नायिकाको बुबाको भूमिकामा देखिने कुरा बाहिर आएपनि हालसम्म चलचित्रका नायक आर्यन सिग्लेदको के भुमिका रहने भन्ने खुलाइएको छैन ।

aryan

सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’ हरर फिल्म हुन सक्ने केहि दिन अगाडी सार्वजनिक भएको चलचित्रको पोष्टरबाट बुझ्न सकिन्छ । रतन थापाको लगानी र राजेश थापाको सह लगानी रहने चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् ।

marina-news

कलाकार तथा संचारकर्मी श्याम अर्यालका अनुसार चलचित्रको कलाकार हाल पक्का भइनसकेको जानकारी दिँदै अब चाँडै नै चलचित्रका लागी कलाकारहरुपनि पक्का हुने बताए । केहि दिन भित्र काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा समेत गरिने अर्यालले जानकारी दिए ।

%d bloggers like this: