Fri. Apr 26th, 2024

बलिउड अभिनेत्री अनुष्का शर्माले बलिउड सेन्सर बार्डसँग मन दुखाएकी छन् । उनले चलचित्रका केही महत्वपूर्ण दृष्य काटिंदिंदा सेन्सर बार्डसँग मन दुखाएकी हुन ।   चलचित्रको प्रचारमा जुटीरहेकी अनुष्काले सेन्सरले झमेला दिए पनि चलचित्र प्रदर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरिन् । ‘चलचित्र रिलिज हुने भएको छ त्यसैमा खुसी छु । दृष्य नकाटिएको भए अझै खुसी हुने थिएँ ।’ उनले भनेकी छन् । न्सरले केही महत्वपूर्ण दृष्य काटिदिए पनि फिल्म बनाएको उनले दाबी गरिन् ।

anushka_s_650_052814090511

सेन्सरको आलोचना गर्ने अनुष्काको कदमलाई नायक अमिर खान र निर्देशक मुकेश भट्टले समर्थन गरेका छन् ।  अनुष्काको भनाईअनुसार उनको फिल्म एउटा जोडीको कथा हो । जो दिल्ली हरियाण हाईवेमा यात्राका लागि निस्कन्छन् । त्यहि क्रममा उनीहरुको भेट अपाराधिक गिरोहसँग हुन्छ । केहि दिन अगाडी मात्र नायिका अनुष्का शर्माले निर्माण गरेको फिल्म  “एन एच १०”  ले एडल्ट सर्टिफिकेट पाएको छ । चलचित्र मार्च १३ तारिकमा प्रदर्शन हुदैंछ ।  फिल्ममा अनुष्काका अलवा नील भूपलम र दर्शन कुमार पनि मुख्य भुमिकामा देखिएका छन् ।

%d bloggers like this: