Fri. Apr 26th, 2024

फिल्म घोषणासंगै चर्चामा आएको फिल्म ‘हाउ फन्नी’ शुटिङ सकाएर अहिले प्राविधिक कार्यमा छ ।   प्राविधिक  काम धमाधम भइरहेको पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको चलचित्र ‘हाउ फन्नी’ फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म जेष्ठ १५ बाट प्रदर्शन हुने बताईएको छ ।  यसका साथै फिल्मकी निर्देशक निलु डोमा शेर्पाले फिल्मको केहि सेक्रेट पनि खुलाएकी छिन । पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत कार्यकारी निर्माता रहेको यो फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म जेष्ठ १५ बाट प्रदर्शन हुने निलुले बताइन । ‘हामिले आफ्नो वितरकहरुसंग सल्लाह गरेर खाली रहेको डेटमा प्रदर्शन गर्ने घोषणा गरेका छौ’ निलुले बताइन । साथै उनले फिल्ममा ऋषि धमलालाई पनि अतिथि भूमिकामा देख्न मिल्ने बताइन ।

rishi-dhamala-how-funy

ऋषि धमलाले फिल्मकी कार्यकारी निर्माता एवम् पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू सुहाँउदो भुमिका भएको भन्दै अभिनय गर्न आग्रह गरेपछि फिल्ममा अभिनय गरेको पत्रकार धमलाले जानकारी दिए । फिल्मकी निर्देशक निलु डोमा शेर्पाले भनिन , ‘फिल्ममा केमियोको रूपमा पत्रकार धमला हुनुहुन्छ । ऋषिजी फिल्ममा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गर्नुहुन्छ ।’ फिल्ममा प्रियंकासंगै दयाहाङ राई , केकी अधिकारी , अनुप बिक्रम शाही , निशा अधिकारी , शिशिर राणा लगायतको अभिनय रहेको छ । पछिल्लो समय आश गरिएको फिल्म मध्ये एक ‘हाउ फन्नी’ मा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ । यसमा संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् ।  फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ । यसलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको छ ।

%d bloggers like this: