Wed. Apr 24th, 2024

यहि शुक्रबार अर्थात फागुन २२ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’को वुधबार राजधानीमा रहेको कुमारी हलमा विषेश प्रिमियर शोको आयोजना गरिएको छ । कलाकार,पत्रकार,चलचित्रकर्मी लगायतकाको उपस्थितिमा  ‘झिग्राना’ शो आयोजना गरिएको थियो । चलचित्र हेरेपछि सहभागी सबैले कलाकार निर्देशक,प्राविधिक,सम्पादक लगायत सबै पक्षको खुलेरै तारिफ गरेका थिए । यो चलचित्रले एक गाउँमा अनुसन्धानका लागि पुगेका एक टोलीको कथालाई देखाएको छ ।

zhijrana

उनीहरुको रहस्यमय निधनलाई विभिन्न कोणबाट देखाउन खोजेको चलचित्रलाई पासाङ लामाले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश निकुन र मेनुकाको वेडसिनको दृश्यलाई हटाउनु पर्ने कारण केही नभएको तर्क निर्माणपक्षको छ । चलचित्रमा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ । चलचित्रको केहिे दृश्यलाई काटेर सेन्सर बोर्डले केहि दिन अगाडी मात्र ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।

%d bloggers like this: