Fri. Apr 26th, 2024

नायक आर्यन सिग्लेदसगँ अब नव नायिका आशिका तामाङको जोडी पर्दामा बाधिने भएको छ । वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र चलचित्र ‘सुश्री’ निर्माण गर्ने भएको छ । चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले क्ल्याप ठोकेर चलचित्रको मुहुर्त सर्टको निर्देशन गरेका थिए । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गर्ने भएका छन् । उनी चलचित्र लेखनमा सफल लेखकको रुपमा परिचित छन् । चलचित्रमा आर्यन सिग्देल र नव नायिका आशिका तामाङको मुख्य भुमिकामा रहनेछन् । साथैं चलचित्रमा राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानको मुख्य भूमिका रहनेछ ।

shushree

कमेडी कथामा निर्माण हुन लागेको यस चलचित्रको शुक्रबारबाट छायांकन सुरु हुने निर्देशक अधिकारीले बताए । हेटौडा र काठमाडौं लगायतका स्थानमा छायांकन हुने यस चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको द्धन्द्ध निर्देशक रहनेछ । कथावस्तु निकै मनपरेका कारण आफुले चलचित्र खेल्न लागेको नायक आर्यन सिग्देलले जानकारी दिए । कमेडी कथामा चलचित्र भएपनि कथाले दर्शक हलसम्म तान्ने सफल हुने आर्यन बताउँछन् । लामो समयसम्म चलचित्र लेखन कार्यमा रहेर हालसम्म कस्ता कथाले चलचित्र चल्छन् भन्ने थाहा भएका कारणमा आफुले यस चलचित्र निर्देशन गर्न लागेको निर्देशक अधिकारीले जानकारी दिए । चलचित्रको ३५ दिनमा छायांकन सकिने बताइएको छ ।

%d bloggers like this: