Wed. Apr 24th, 2024

एकपछि अर्को गदैं सफल चलचित्र दर्शकमाझ पस्किदैं गएकी बलिउड अभिनेत्री करीना कपुर पछिल्ला केहि चलचित्रमा भने ग्ल्यामर दृश्यमा देखिदैं गएकी छिन् । आइटम डान्समा मात्र नभएर चलचित्रमा समेत करीना केहि ग्ल्यामर बन्दैं गएको खबर भारतीय सञ्चारमाध्यमहरुले बेला बेलामा गसिप बनाइरहेका हुन्छन् ।

karina

सायद त्यसैले होला करिना कपुर खान यस वर्षको ‘मोष्ट ग्ल्यामरस स्टार अफ द इयर’ भएकी छिन्। अवार्ड ग्ल्यामर र स्टाईलसँग केन्द्रीत ‘फिल्म फेयर ग्ल्यामरस एण्ड स्टाईल अवार्ड २०१५’ अन्तर्गत अर्की नायिका सोनम कपुरले ‘द ट्रेण्ड सेटर अफ द ईयर’ को उपाधि हात पारिन्। अवार्ड पाएपछि करिनाले प्रतिक्रिया दिंदै भनिन् ‘ग्ल्यामरस र स्टाईलिस हुनु मेरो सौख हो ।’ उनले आफुले कहिल्यै अरुको शैलीको सिको नगरेको दाबी समेत गरिन्।

%d bloggers like this: