Fri. Mar 29th, 2024

करिब दुइ दर्जन चलचित्रमा अभिनय गरे पनि खासै चर्चामा आउन नसकेका एक्शन नायक सुवास मेचे अव निर्माता समेत बनेका छन् । चलचित्र किल्ला मार्फत उनि निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । एक एफ.एम. स्टेशनमा अन्तरर्वाता दिने क्रममा नायक मेचे आफू कहिले लभर व्वाइको रुपमा चलचित्रमा नदेखिने बताएका छन् ।

subash mach

उनि भन्छन्, ‘म एक्सन नायक हुँ पर्दामा बन्दुक बोक्छु, गुलाफको फूल होइन’ । यद्यपि चलचित्र किल्लामा फूल नबोके पनि नायीका सुरबि जैनसँग केहि रोमान्टिक बनेका छन् । चलचित्र किल्ला यहि फागुन २९ देखि देशभरका सिनेमा घरहरुबाट प्रर्दशन हुँदैछ । चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् भने स्क्रिप्ट प्रदिप भारद्वाजले लेखेका हुन् । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत सुन्न सकिने छ ।

%d bloggers like this: