Thu. Apr 25th, 2024

१९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका कलाकार एवं निर्देशक मोहन निरौलाले निर्देशन गरेको चलचित्र ‘जन्मभूमि’ ले सेन्सर बोर्ड बाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । मंगलवार सेन्सर भइसके पछी फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण पत्र दिएको हो । यस फिल्ममा निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की , नव कलाकार अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई, तथा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको पनि अभिनय रहेको छ ।

janma-bhumi-2

  राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, बार्ह्यी हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी वकालत गर्ने यस फिल्ममा युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने सुरज गिरीको लगानी रहेको छ ।  फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्ने जिम्मा लिएको छ ।  चलचित्र बैशाख ११ गतेदेखी अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

%d bloggers like this: