Wed. Apr 24th, 2024

चलचित्रको थालनीदेखि ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’सम्म पुग्दा आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि रंग पत्रकारहरुलाई फिल्म ‘लभ यू बाबा’ यूनिटले सम्झंदै सम्मान गरेको छ । बुधबार बिहान राजधानीको कुमारी हलमा औपचारिक कार्यक्रम गर्दै विश्वकै कान्छा निर्देशक सौगात विष्टले सम्मानितलाई सम्मान पत्र हस्तान्तरण गरे । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज बुक अफ द वल्र्ड’मा विश्वकै कान्छा निर्देशकको नाम लेखाएका हुन् ।

sangam-and-krishnahari-bara

सम्मान कार्यक्रममा निर्देशक विष्टले भने-‘मैले गर्छु भन्दा हुन्न नभन्ने मेरो बुबा र आमाप्रति विशेष आभारी छु ।’ सम्मान कार्यक्रमपछि चलचित्र प्रदर्शन पनि गरिएको छ । सौगातले निर्देशन गरेको यो चलचित्रलाई फेरि प्रदर्शन गर्ने तयारी पनि गरिएको छ । चलचित्र लब यू बाबा गएको मंसिर २६ गते देशव्यापी प्रदर्शनमा आएको थियो । ुलभ यू बाबाुले बाबु र छोरीको प्रेमकथालाई देखाउँछ । फिल्ममा गजित बिष्ट र संगम बिष्ट केन्द्रिय भूमिकामा छन् । फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् ।

%d bloggers like this: