Tue. Apr 16th, 2024

त्रिकोणात्मक प्रेमकथा समेटिएको चलचित्र संजोगको ३० सकेण्ड छोटो प्रोमो रिलिज भएको छ । सार्वजनिक प्रोमोमा सबिन श्रेष्ठ,शुस्मा कार्की प्रज्वल गिरी लगायतका कलाकारहरु देखिएका छन् भने प्रोमो निकै आर्कषक देखिएको छ । मसलेदार एक्शन सहितको रोमान्स समेटिएको सार्वजनिक प्रोमोले दर्शकको मनजित्न सफल हुने चलचित्रका निर्देशक बेदप्रसाद भुर्तेल जानकारी दिए ।

sanjog

चलचित्र संजोग जेठको अन्तिममा प्रदर्शन हुने निर्माण यूनिटले बताएपनि हालसम्म भने चलचित्रको सार्वजनिक प्रदर्शन मिति तोकिएको छैन । यस चलचित्रमा सबिन श्रेष्ठ, प्रज्वल गिरी, सुष्मा कार्की,पुष्कर भट्ट लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय छ । दधिराम उप्रेतीको लगानी रहेको यस चलचित्रको यसभन्दा अगाडी सार्वजनिक भएको मैले त चाहेको थिए माया गर्ने साथीले यति बेला बजारमा राम्रो प्रतिक्रिया बटुल्दैं गएको छ ।

%d bloggers like this: