केहि समय अगाडी मात्र काठमाडौं एक कार्यक्रमका बिच सात चलचित्र एकसात निर्माण घोषणा गरेको गोपिकृष्ण मुभिज प्रा.लिले सात चलचित्र मध्यकै अर्को नयाँ चलचित्र ‘ठमेल डटकम’को निर्माण घोषणा गरेको छ । केहि दिन अगाडी मात्र होमवर्क नामक चलचित्रको छायांकन सकाएको गोपिकृष्ण मुभिजले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘ठमेल डटकम’को निर्माण घोषणा गरेको छ । सुचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले उक्त चलचित्रको क्ल्याप ठोकेर शुभसाइत गरे भने चलचित्रको मुहुर्त सट प्रमोद अग्रहरी र नितु पोखरेलले दिए । चलचित्रका अन्य कलाकारको छनोट भएको छैन । उद्धव पौडेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रलाई राजकुमार शर्माले लेखन तथा निर्देशन गर्दैछन् ।
चलचित्रमा राजु विक्रम थापाको छायांकन, एनबी महर्जनको एक्सन, बसन्त सापकोटा र अर्जुन पोख्रेलको संगीत छ । चलचित्रमा मनोज केसी क्रियटिभ हेडको रुपमा छन् । चलचित्रमा प्रकाश हमाल प्रोडक्शन म्यानेजर, ड्रेस डिजाइनर निरा राणा, ब्रजेश खनालको पटकथा तथा संवाद, दयाराम पाण्डेको गीत, गोविन्द राइको नृत्य छ । होली विषेश कार्यक्रम समेत आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार,कलाकारहरु लगायतकाको भब्य उपस्थिति रहेको थियो । ‘होस्टेल रिटन्र्स’ र ‘पुनर्जन्म’ देखी प्रदर्शनको तयारीमा रहेका विभिन्न चलचित्र यूनिटको जम्बो टोली समेतको सहभागीता रहेको उक्त कार्यक्रममा डाक्टर मिनेन्द्र रिजालले होलीको शुभकामना पनि दिए ।