Thu. Apr 25th, 2024

बराह ज्वेलरी मिस लिम्बू तेस्रो संस्करणको पूर्वाञ्चल अडिसन धरानमा सकिएको छ । अडिसनमा झापा, मोरङ, सुनसरी, धनकुटाका गरी १० युवति छनौट भएका छन् । अडिसनमा छनौट भएका युवतिहरुलाई काठमाडौंमा एकमहिने प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । जहाँ लिम्बू संस्कृति, पहिरन, परम्परा, भेषभूषालगायतका बारेमा जानकारी दिइने छ । जसमा गीतकार मिना सिङ्गक, बराह ज्वेलरीका कुमार कालिकोटे, व्युटिसियन भारती सुब्बा, मुन्धुम विद् भरत सुब्बा, चलचित्रकर्मी प्रेम सुब्बा, निर्माता भिष्मा चेम्जोङ, आयोजकका तर्फबाट विश्व सामेखाम लिम्ब्र, मोडल रेखा फागो र ताजेङ लिम्बू निर्णायकमा थिए ।

miss limbu

अडिसनमा सहभागीहरुलाई लिम्बू जातिगत प्रश्नहरु राखिएको थियो । छनौट मध्ये नम्बरका आधारमा स्मेना लिम्बू उत्कृष्ट भइन् भने दोस्रो सुजु सेरङ चोङबाङ र तेस्रो मनिता साम्बा भइन् । अडिसनमा कल्पना इस्बो, इसिका लिम्बू, लक्ष्मी इस्बो, अनिषा बोखिम, आङसाङ इस्बो, मनिता साम्बा, सुजु सेरेङ चोङबाङ, स्मेना आवजुङ लिम्बू, अञ्जना इवा लिम्बू सहभागी थिए । चैत्रको तेस्रो साता काठमाडौंमा ग्राण्ड फिनाले हुने आयोजक याक्थु युथ एसोसिएसनले जनाएको छ । काठमाडौंको अडिसन फागुन २२ मा हुने भएको युथ एसोसिएसनका अध्यक्ष विश्व सामेखाम लिम्बूले बताएका छन् ।

%d bloggers like this: