Tue. Apr 23rd, 2024

भारतमा यति बेला आतंकनै मच्चाइरहेको स्वाईन फ्लुबाट बलिउड अभिनेत्री सनुप कपुर समेत अछुतो नभएपछि यसको आशंका बलिउडस्टार सलमान खानलाई पनि लागेको थियो । स्वाईन फ्लु हुदाँ देखिने लक्षणहरु सलमान खानलाई पनि देखिएपछि उनलाई स्वाईन फ्लु भएको आशंका गरिएको थियो तर उनमा यसको भाइरस नेगेटिभ देखिएको चिकित्सकहरुले जनाएका छन् ।

सलमान र सोनमसँगै फिल्म प्रेम रतन धन पायोको छायांकनमा रहेका थिए । सोनमलाई स्वाईन फ्लु देखिएपछि फिल्मका अन्य काष्टले पनि यसको जाँच गराएका थिए । इण्डियन अनलाईन पत्रिका आज तकले सलमान स्वाईन फ्लु संक्रमणबाट बचेको उल्लेख गरेको छ ।

%d bloggers like this: