Tue. Apr 16th, 2024

नजिकदैं गरेको होलीलाई मध्यनजर गरेर चलचित्र ‘होस्टेल रिटर्न्स’को नयाँ पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठको आकर्षक शरीरलाई केन्द्रविन्दुमा राखिएको छ भने साथमा चलचित्रकी कलाकार शशी श्रेष्ठ पनि देखिएकी छिन् । सुरज भुषालले निर्देशन गरेको यस चलचित्रलाई निर्माता सुनिल रावलले निर्माण गरेका हुन् ।

hostel retu

चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो सफल चलचित्र ‘होस्टेल’को सिक्वेल हो । होस्टेलमा बस्ने यूवायूवतीको प्रेम, मस्ती, बियोग, पीडालाई समेटेर तयार पारिएको यो चलचित्र दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

%d bloggers like this: