Thu. Apr 25th, 2024

निर्माण घोषणा गरिएको लामो समयपछि चलचित्र लुटेराको छायांकन आजबाट सुरु भएको छ । सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको चलचित्र लुटेरामा नायिका रेखा थापा मुख्य भुमिकामा रहने कुरा यसभन्दा अघिनै सार्वजनिक भएको थियो तर निर्माता गोपाल कायस्थ र निर्देशक सविर श्रेष्ठ बिचको आन्तरिक द्धन्द्धका कारण नायिका रेखा थापा समेत उक्त चलचित्रबाट बाहिरिन पुगिन र चलचित्रलाई दयाराम दाहालले निर्देशनको जिम्मा सम्हाल्न पुगे ।

यसरी विभिन्न कारणले छायांकन हुन नसकेको चलचित्र लुटेराको आज भने करिब २ दिन देखी परिरहेको पानीका बिच पनि शुभसाइत गरिएको छ । चलचित्रको आज काठमाण्डौका पशुपति मन्दिरमा शुभसाइत गरिएको हो । नेकपा एमालेका सभासद् तथा चलचित्रकर्मी रामबिर मानन्धरले क्ल्याप ठोकेर चलचित्रको शुभसाइत गरेका हुन् ।

lutera

रेखा थापा चलचित्रबाट बाहिरिएपछि निर्माता गोपाल कायस्थले तिन नायिका चलचित्रमा देखाउने भएका छन् । चलचित्रमा नायिका निशा अधिकारी,हर्षिका श्रेष्ठ र नायिका प्रियंका कार्की चलचित्रमा देखिने छन् । निशा अधिकारी र हर्षिका श्रेष्ठ यसभन्दा अघिनै निर्माता गोपाल कायस्थले छनोट गरेका थिए भने प्रियंकालाई केहि दिन अगाडी मात्र चलचित्रको एक आइटम डान्सका लागी छनोट गरेका हुन् ।

चलचित्रमा नायक निखिल उप्रेती र सविन श्रेष्ठको पनि मुख्य भुमिका रहने छ । एक्शन प्रधान चलचित्र भनिउको लुटेरामा वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ । काठमाण्डौ र विरगञ्जमा हुने यस चलचित्रको आज नायक सविन श्रेष्ठले निशा अधिकारीसँग मिलेर पहिलो सर्ट दिएका छन् ।

%d bloggers like this: