Wed. Apr 24th, 2024

अत्याधिक विक्री भएको जापानी उपन्यास ‘ द डेभोसन अफ सस्पेक्ट एक्स’मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा कंगना रनोट र सैफ अलि खानले अभिनय गर्ने भएका छन । यस अघि ‘कहानी’ निर्देशन गरेका सुजोय घोषले निर्देशन गर्ने यस फिल्मलाई बालाजी मोसन पिक्चर्सले निर्माण गर्ने छ। बालाजीले किताबबाट फिल्म बनाउने अधिकार प्राप्त गरिसकेको छ।

timthumb (1)

यस रोमान्टिक-थ्रिलर फिल्मको सुटिङ यसैवर्ष हुनेछ। कंगना यस फिल्मकी मुख्य पात्र हुन। कंगनाले सो जापानी उपन्यास उनले पढेका राम्रा किताबहरु मध्येका एक किताबमा पर्ने बताएकी छन। फिल्म खेल्ने पक्का भएपछि २७ वर्षीया अभिनेत्रीले सुजोय र बालाजीसँग एक नयाँ यात्रामा सहभागी हुन पाँउदा उत्साहित भएको प्रतिक्रिया दिएकी छन।

%d bloggers like this: