Sat. Apr 20th, 2024

कुनै समय थियो बलिउड फिल्ममा एउटा मात्र नायिकाको मुहार दर्शकले देख्न पाउथे ति नायिका हुन् काजोल । बलिउड चलेकी अभिनेत्री काजोल आमा बनेपछि ठूलो पर्दाबाट टाढिएकी थिइन्। एक दुई इभेन्ट तथा विज्ञापनले उनलाई दर्शकसँग जोडिरहे पनि उनी छिट्टै होम प्रोडक्सनमार्फत् ठूलो पर्दामा कमब्याक गर्ने भएकी छिन्। पति अजय देवगनले व्यवस्थापन गरिरहेको सो फिल्मको सुटिङ जुलाइदेखि सुरु हुने जनाइएको छ।

Ajay-Devgan-to-produce-a-movie-for-Kajol

सबैभन्दा बढी गाह्रो आमा बन्नुलाई मान्ने काजोलले छोरी, पत्नी तथा आमा तीनवटै भूमिका निर्वाह गरिसकेकी छिन्। अजय देवगनकी पत्नी काजोलले होम प्रोडक्सन अजयले सम्हालिरहेको जानकारी दिइन्। फिल्मको नाम सार्वजनिक नगरेता पनि फिल्ममा कालोज मुख्य भुमिकामा रहनेछिन् भने अजय देवगन फिल्ममा रहने छैनन् ।

%d bloggers like this: