Thu. Apr 25th, 2024

पूर्वका विभिन्न ठाउँहरुमा विशेष शो गराइसकिएको चलचित्र चर्चा अब प्रदर्शनको लागी ल्याइने निर्माणपक्षले जानकारी दिएको छ । माता पाथिभरा फिल्मस् प्रालीको प्रस्तुती रहेको यो चलचित्रमा राज श्रेष्ठ, चन्दा दाहाल, समिता गिरी, कृष्ण लिम्बु, विश्वास लिम्बुलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । युवा पुस्तालाई लक्षित गरी निमार्ण गरिएको चलचित्र चर्चालाई भानु न्यौपानेले निर्देशन गरेका हुन् ।

charchha

अशोक थापाको सङ्गीत, ज्ञानेन्द्र कोइरालाको गीत, दिनेश लिम्वुको नृत्य निर्देशन र धिरज परियारको द्वन्द्व रहेको चलचित्रमा दीपक अधिकारीको मुख्य साहायक निर्देशन र छायंकन रहेको छ । चलचित्रलाई भोलामान मगर, जस्मीन लिम्वु र कुमार वस्नेतले निर्माण गरेका हुन् । चलचित्र काठमाडौंका र पूर्वका विभिन्न रमरिणय स्थानहरुमा छायाँकन गरिएको छ । प्राप्त खबर अनुसार चलचित्र चर्चा बैशाखमा प्रदर्शन हुन सक्ने बताइएको छ ।

%d bloggers like this: