Fri. May 3rd, 2024

विवेक थापाको कथा तथा निर्देशनमा चलचित्र ‘प्रेमी’ निर्माण भइरहेको छ । फागुन १ मा मुहर्त भएसँगै फिल्म ‘प्रेमी’को सुटिङ शुरू गरिएको हो । ‘प्रेमी’मा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाईं, ईन्द्रलाल खड्गी, रेश्मा केसी, कासिनाथ पन्थी, पशुपति नेपाल, सुरेन्द्र बरालको अभिनय रहनेछ ।

premi

बुटवल, काठमाडौँ, पोखरा तथा धरानमा सुटिङ हुने चलचित्रको हाल पोखरामा छायांकन भइरहेको र अब चाडैं काठमाडौंमा सुरु गरिने निर्देशक विवेक थापाले जानकारी दिए । त्रिकोणत्मक प्रेमकथामा आधारित भएर निर्माण भइरहेको चलचित्रमा निर्देशक विवेकको नृत्य, बिकाश चौधरीको संगीत समावेश छ भने गोपाल परियारको द्धन्द निर्देशन रहने छ । चलचित्रमा कृष्णश्री काफ्ले र काशिनाथ पन्थीको पनि लगानी रहेको छ ।

%d bloggers like this: