Thu. May 9th, 2024

चलचित्र वितरण गर्दै आएको ‘डीसीएन’ अर्थात ‘डीजिटल सिनेमा नेपाल’ले विदेशी फिल्मलाई जस्तै नेपाली चलचित्रमा पनि टुके प्रविधिमा प्रदर्शन गर्न सकिने भएको छ । सिस्टम अपग्रेड गर्दै ‘डीसीएन’ले ‘टूके इन्कोडिङ’ सुरु गरेको हो । डिसीएनले फिल्म ‘सुन्तली’ मा टुके प्रविधिको परिक्षण गरको थियो ।  फिल्म सुन्तलीलाई परिक्षण गरेपछि अब आफूहरु सफल भएको डिसीएनले जानकारी दिएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजगा गदैं  ‘डीसीएन’ले यो कुरा बताएको हो ।

dcn

‘डीसीएन’का अध्यक्ष अशोक शर्माले टुके क्यामेरा वा फोर के क्यामेराबाट खिचिएका कुनै पनि फिल्मलाई टुके क्वालिटीमै रहेर  पर्दामा देखाउँन सकिने छमता  सहित आफूहरुले यो सिस्टम  लन्च गरेको जानकारी दिए । हाल नेपालमा क्यूएफएक्स च्यानलका ६ वटा पर्दा सहित, बीग मुभिजको ३,  एफ।क्यूबको ३, गोपीकृष्णको १, सिने द सेफको २ हेटौंडा नारायणी मलको २  र ईटहरी सिनेमाको  १ पर्दा गरी २० पर्दामा  टुके पद्धत्तीको प्रोजेक्सन सिस्टम जडान छ ।

%d bloggers like this: