Tue. Apr 16th, 2024

पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको कमेडी जनराको फिल्म हाऊ फन्नीको रोमान्टिक गीत रिलिज गरिएको छ । केहि दिन अगाडी मात्र छायांकन सकाइएको चलचित्र हाऊ फन्नीको सार्वजनिक गीतमा केकी अधिकारी र अनुप विक्रम शाहीलाई फिचरिङमा गरिएको छ । ‘यो के हो’ नामक सार्वजनिक गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ भने शान बस्न्यातको शब्द,सुरेश अधिकारीको संगीत रहेको छ ।

how-funny-3

छायांकन सकिएको केहि दिनमानै सार्वजनिक गरिएको उक्त गीतले दर्शकको मन जित्ने र चलचित्रप्रति दर्शकको चासो अझ धेरै बढ्ने निर्माणपक्षले दाबी गरेको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाको निर्माणमा निलु डोल्मा शेर्पाले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनुपबिक्रम शाही, केकी अधिकारी,प्रियंका कार्की,दयाहाङ राई,शिशिर राणाको मुख्य भूमिका रहेको छ । शान वस्न्यातको लेखन रहेको फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् । चलचित्रको हालसम्म प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

%d bloggers like this: