Fri. Apr 26th, 2024

बालमनोविज्ञान,यौन तथा शारीरिक सम्बन्ध, अभिभावकसगँको दुरी, त्यसबाट उत्पन्न हुने द्धन्द्ध र समाधानलाई विषयवस्तु बनाइएको चलचित्र ‘छायाँ’को ‘ट्रेलर’ र पोस्टर सार्वजनिक भएको छ । ‘छायाँको अनुहार हुँदैन’ भन्ने नाराका साथ निर्माण भएको चलचित्र  ‘छायाँ’मा अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साईब्रत आचार्य, प्रविना खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

chhayan

मनोज पण्डित निर्देशित यो चलचित्रले ठुलो सन्देश नदिएपनि मानविय संवेदनामो प्रश्न सबैमा उठोस भन्ने चाहना रहेको निर्देशक पण्डितले बताए । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गदैं निर्माणयूनिटले चलचित्र छाँया एउटा परिवारको पिडादायक संघर्षलाई प्रस्तुत गरिएको जानकारी दिएको छ । इन्ट्याक्ट मिडियाको प्रस्तुति र भ्वाइस अफ चिल्ड्रेनको निर्माणमा बनेको चलचित्र ‘छायाँ’ ECPAT Luxembourg को सहयोगमा Voice Of Children को निर्माण तथा Intact Media को प्रस्तुतीमा बनेको हो ।

%d bloggers like this: