Thu. Apr 25th, 2024

सायद कमै चलचित्रले सोलो रिलिजको मौका पाइरहेको भिडमा आजबाट फेरी दुई चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ठुला भनिएका दुई चलचित्र अझै पनि र मिसन पैसा रिलोडेड आजबाट देशव्यापी प्रदर्शनमा उत्रिएका हुन् । बजारमा दुवै चलचित्रको राम्रै चर्चा चलेपनि दर्शकको रुजाइमा भने मिसन पैसा रिलोडेड भन्दा अझै पनिको चर्चा व्यापक छ ।

स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र अझै पनिमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र अझै पलिाई काठमाडौं भित्र दर्शना आर्टस्ले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर निर्माता प्रदिप उदयले वितरणको जिम्मा लिएका छन् । सुर्दशन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्र अझै पनि यूवा पुस्तालाई आफ्नो पहिचान र अस्तित्वको जर्गेना गर्नुपर्ने सन्देशमूलक कथा प्रस्तुत गरेको छ ।

aajai pani

फिल्म ‘मिसन पैसा रिलोडेड’ लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त सहकार्यमा निर्माण गरेका हुन् । यो जोडीले निर्माण गरेको ‘फस्ट लभ’ र ‘लुट’ फिल्मले वम्परको व्यापार गरेको थियो । सिमोश सुनुवार निर्देशित एक्सन कमेडी फिल्म ‘मिसन पैसा रिलोडेड’ मा निशा सँगै आमिर गौतम, रेश मरठ्ठा, हर्षिका श्रेष्ठ र प्रियंका कार्कीको अभिनय छ । हरी हुमागाइँको छायाँकन रहेको फिल्ममा स्व।पाण्डव सुनुवारको संगीत तथा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । फिल्मको स्क्रिप्ट प्रचण्डमान श्रेष्ठले तयार गरेका हुन् ।

%d bloggers like this: