Mon. May 20th, 2024

नेपाली चलचित्र बजारमा ‘एमजी’ अर्थात ‘मिनिमय ग्यारेन्टी’ कहिलेकाँही चलेको देखिन्छ ।  ‘एमजी’मा सहमती गरेपछि हल संचालकले चलचित्रले व्यापार गरेपनि नगरेपनि तोकेको रकम दिनुपर्नेछ । ‘एमजी’मा सहमती भएपछि हलले ५० लाखसम्मको व्यापार चलचित्र किन्ने कम्पनीलाई नै दिनुपर्नेछ भने त्यो भन्दा माथिको व्यापारमा मात्र बाँडफाँड गर्न पाउँछ । केहि दिन अगाडी मात्र एफडी कम्पनीले चलचित्र ‘वडा नम्बर छ’लाई काठमाण्डौ बाहिर ३५ लाख र सुनिल मानन्धरले काठमाण्डौका लागि मात्र ‘नाई नभन्नु ल ३’लाई ३५ लाख एमजी दिएको चर्चा सेलाउन नपाउदैं चैत १३ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र भूलभुलैयालाई वितरक गोपाल कायस्थले २५ लाख रूपैयाँ एमजी दिएका छन् ।

bhulbhulaiya film shoot

निर्देशक योगेश घिमिरेले मंगलबार गोपालसँग यस्तो सहमती भएको जानकारी दिए । यो सहमतीसँगै फिल्मले काठमाण्डौबाट २५ लाख सुरक्षित गरेको छ । अब, चलचित्र चले पनि नचलेपनि निर्माताले २५ लाख रुपैयाँ पाउने पक्का भएको छ । शिवम अधिकारीको लेखन र बसन्त सापकोटाको संगीत रहेको फिल्म ‘भूलभुलैया’ मा बनिश शाहको सम्पादन रहेको छ । बाबु श्रेष्ठ फिल्मका छायाँकार हुन् । सुशिल कार्की, सुरेश गौतम र मणिराज कार्कीको लगानी रहेको छ । चलचित्रमा नायक जिवन लुईंटेल, नायिका नीता ढुङ्गाना,शोहित मानन्धर,मोहन निरौला र लक्ष्मी गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

%d bloggers like this: