Fri. May 17th, 2024

विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको चर्चित पुस्तक समर लभको नाममा चलचित्र निर्माण भएको छ । तर, यो चलचित्र कथा पुस्तक ‘समर लभ’ मा भने आधारित नभएको निर्मात्री कविता श्रेष्ठले जानकारी दिएकी छिन् । निर्मात्री कविता श्रेष्ठका अनुसार फिल्म ‘समर लभ’ को छायाँकन समेत सकिसकेको छ । उनले फिल्मको सम्पूर्ण छायाँकन थाइल्याण्डमा भएको बताइन् । मरिस्का पोखरेल, आमिर सेख, आकर्षण पोखरेल र थाइल्याण्डका दुई जना कलाकारले ‘समर लभ’ मा अभिनय गरेका छन् । अर्जुन पोखरेलेको संगीत रहेको फिल्म ‘समर लभ’ मा रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

kabita-and-summer-love

चलचित्रको निर्देशन संचारकर्मी सुनिल भट्टले गरेका हुन् । करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिएको हो । कविता श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा अधिकांश नयाँ कलाकार छन् । निर्मात्री कविता श्रेष्ठले यो चलचित्र पूर्णतया प्रेमकथामा आधारित रहेको समेत खुलाइन् ।  चलचित्रको पोष्ट प्रोडक्शनको काम भैरहेको छ । निर्मात्री श्रेष्ठले अर्को बर्ष यो चलचित्रलाई प्रदर्शन गर्ने बताइन् ।  कविताले यसअघि चलचित्र ‘प्लान, बरदान र ढुवानी’ निर्माण गरिसकेकी छिन् । समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो ।

%d bloggers like this: