Thu. May 2nd, 2024

ग्याङस्टारको कथामा आधारित भनिएको चलचित्र ‘षडङ्ग’ अब चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउने भएको छ । वुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गदैं चलचित्रको निर्माणयूनिटले चलचित्र ‘षडङ्ग’को प्रदर्शन मिति,ट्रेलर, पोस्टर र गीत सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा बोल्दैं चलचित्रका कलाकार अनुप बरालले चलचित्र ‘षडङ्ग’ सबैपक्षबाट बलियो रहेको बताए । ‘चलचित्र ‘षडङ्ग’ अरु चलचित्रको तुलनामा केहि फरक र नयाँ छ’,’अनुप अगाडी भन्छन्,’दर्शकलाई चलचित्र केहि नयाँ स्वाद दिने चलचित्र लाग्न सक्छ ।’ त्यस्तैं उक्त कार्यक्रममा बोल्दैं चलचित्रका निर्देशक सुरज सुनुवारले ‘षडङ्ग’ले दर्शकसगँ षड्यन्त्र गरेर हलसम्म नलैजाने बताए ।

‘राम्रो चलचित्रलाई दर्शकले आफैं साथ दिन्छन्’, निर्देशक सुनुवारले भने,’चलचित्रले अहिलेको पुस्ताको कथा बोकेका कारण ‘षडङ्ग’ दर्शकको आफ्नो चलचित्र बन्छ ।’

sadanga-3

त्यस्तै कार्यक्रममा बोल्दैं चलचित्रका नायक सौगात मल्लले चलचित्रमा आफुले सोचेअनुरुपको भुमिका भेटेको र उक्त भुमिका दर्शकलाई पनि मन पर्ने बताए । ‘लामो समयदेखी म यस्तैं कथा र भुमिकाको खोजीमा थिए र मैले ‘षडङ्ग’मा निकै मेहेनत गरेर उक्त भुमिकालाई न्याय दिने कोशिस गरेको छु’,सौगातले बताए । त्यस्तैं कार्यक्रममा बोल्दैं नायिका प्रियंका कार्कीले विल्कुलै फरक पात्रका रुपमा आफूले यो चलचित्रमा अभिनय गरेको बताएकी छिन् ।

त्यस्तैं चलचित्रका निर्माता समिर सुनवारले आफूलाई कथावस्तु मन परेकाले लगानी गरेको बताए । प्रियंका कार्की, सौगात मल्ल, अनुप बराल , सौरम राज तुलाधर सहित बिजय लामाको मुख्य भूमिकामा रहेको सडङ्गलाई सुरज सुनुवारले निर्देशन गरेका हुन ।

%d bloggers like this: