Fri. Apr 19th, 2024

लामो समयसम्म प्रेमसम्बन्धमा रहेका नायक भूपेन चन्द र नायिका सौजन्य सुव्बाले अन्तत बिबाह गरेका छन् । निकै अगाडी नै बिबाह गरेका उनीहरुको बिबाह भएको खबर भने मंगलबार मात्र बाहिर आएको हो । नायिका सौजन्य सुव्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग बिबाह गरेकी हुन् । भूपेन चन्द बिबाहित यूवक हुन् र हालपनि भूपेनकी श्रीमती अमृता सिंह साथमै रहनेको खबर बाहिर आएको छ । सौजन्य सुव्बा लोकेन्द्र बहादुर चन्दकी वुहारी भनेपछि अमृता सिंहको सम्पत्तिमा यतिबेला खैलाबैला भएको छ ।

bhupen and saujanya

चन्दका छोरा भूपेन चन्दले नायिक सौजन्य सुब्बालाई दोस्री श्रीमतीका रुपमा घरमा भित्राएका हुन् । नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृत सिंहलाई उनका वुवाले धेरै सम्पत्ति दाइजोका रुपमा दिएका थिए । पहिलो बिहे भारतीय व्यापारीसँग गरेकी उनको ती व्यापारीसँग डिभोर्स भएपछि भूपेनसँग दोस्रो बिहे भएको थियो । अमृतको नाममा छाउनीमा भएको प्रसस्त जग्गा बिहेपछि ५ करोडमा बेचेर भूपेनका लागि गाडी र भैंसेपाटीमा घर किनेकी थिइन् । सोही घरमा दुवैजना बस्दै आएका भूपेन सौजन्यसँग लागेपछि उनीहरुबीच विवाद बढेको थियो । सौजन्य सुव्वा भने यतिबेला अमेरिकामा छिन् । भूपेन पनि अमेरिका जाने योजनामा छन् ।

%d bloggers like this: